रोशन फ्युवा र लक्ष्मी तामाङको म्हेन्दोमाया गीत “ठ्याक्क सोली”सार्वजनिक

२१ मंसिर २०८०

२१ मंसीर स्वच्छखबर,काठमाडौँ ।  नेपाली तामाङ मौलिक म्हेन्दोमाया गीत ठ्याक्क सोलीको भिडियो सार्वजनिक गरिएको छ । म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङ र गायीका लक्ष्मी तामाङको स्वर रहेको म्हेन्दोमाया गीतमा राजकिङ वाइबा र ज्योति तामाङको अभिनय रहेको छ ।

भिडियोलाई कोरियोग्राफर कलाकार राजकिङ वाइबाले गरेका छन् भने गीतको शब्द संगीत स्वयं गायक रोशन फ्युवा तामाङको रहेको छ । गीतको भिडियो लप्साङकर्पो म्युजिक सेन्टरको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्त्व पाईन्छ । म्हेन्दोमाया ल्हप्सङकर्पो क्षेत्रका गाउँघरमा चलेको एक भाका हो । बागमती प्रदेश अन्तर्गतको नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायजसो गाउँहरूमा म्हेन्दोमाया सुन्न र नाचेको हेर्न सकिन्छ । बसाइसराइसँगै यो भाका पनि अन्य गाउँहरूमा समेत फैलिएको पाइन्छ ।