बस चोरीको आरोपमा एक किशोर पक्राउ

२४ मंसिर २०८०

२४ मंसीर स्वच्छखबर, पोखरा । पोखराबाट बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको ग १ ख ९६३८ नम्बरको बस चोरेर चितवन तर्फ लैजाँदै गर्दा भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको र परिचय  गोप्य राखेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।