भूमिहीनका लागि लालपुर्जा माग गर्दै गोदावरीको टोलीद्वारा सरकारलाई ज्ञापनपत्र

२८ मंसिर २०८०

२८ मंसीर स्वच्छखबर, गोदावरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर तीनको टोलीले वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा नपाएका सबै भूमिहीन, अव्यवस्थित सुकुम्बासीको समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन आवश्यक समन्वय एवम् सहजीकरण गर्नुपर्ने मागसहित बिहबिार राष्ट्रिय भुमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्का, राष्ट्रिय भुमि आयोग ललितपुर जिल्ला अध्यक्ष श्रीगोबिन्द महर्जन, अखिल नेपाल किसान महासंघ क्रान्तीकारीका केन्द्रिय सचिव राम प्रसाद दाहाल, वडाध्यक्ष सानुराजा घिमिरे, ट्रेड युनियन महासंघ गोदावरी नहर उपाध्यक्ष डंम्बर बहादुर लामा,दोर्जे तामाङ लगायतले प्रधानमन्त्रीलाई भेटेको हो।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने वातावरण बनाउने जानकारी दिए । उनले यथासक्य छिटो पुर्जा बितरण गरिने र स्वबासि , बेनिस्सा , बिर्ता र दर्ता छुटको पनि काम अगाडी लैजाने बताए ।

वर्षौंदेखि बसोबास गर्दै आएका गोदावरीका धेरै विपन्न, आदिवासी जनजाति एवम् दलितहरु लालपुर्जाविहीन रहेकोले यसका लागि लालपुर्जा वितरण गर्ने विषयमा आवश्यक सहयोग एवम् सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको उनीहरु बताउँछन् ।