पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज

४ पुष २०८०, बुधबार २१:१९

४ पुष, स्वच्छखबर, काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको बुधबार भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.