चीनबाट लाइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान

५ पुष २०८०

५ पुष, स्वच्छखबर, काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान गरेको छ । नेपाल वायु सेवा निगमले बिहीबार सूचना प्रकाशित गरी जहाज बिक्रीका लागि टेण्डर आह्वान गरेको हो । मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या आएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज बेच्न टेन्डर आह्वान गरिएको हो ।

सूचनामा फेब्रुअरी ४ सम्ममा निगमको कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ। २०६९ सालमा सरकारले दुर्गम क्षेत्रमा उडान गर्न निर्णय गरेको थियो । जसअनुसार २०७१ सालपछि जहाज चीनबाट ल्याइएको थियो । चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।