मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा भूकम्प पीडितलाई खाद्यान्न र न्यानो कपडा वितरण

१० पुष २०८०

१० पुष, स्वच्छखबर, काठमाडौं ।  मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले जाजरकोटका भूकम्पपीडितलाई २० लाख बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ।

भौगोलिक विकटताका कारण राहत प्राप्त गर्न नसकि पालमुनि कष्टपूर्ण जिवन विताई रहेका नलगाड नगरपालिका वडा नंम्बर १० र ११ को ध्यार गाउँ र बाँनिया गाउँका स्थानीयलाई राहत वितरण गरिएको हो।

कात्तिक १७ गएको भूकम्पबाट घरबारविहिन भएका भुकम्पपिडितमध्ये २५० घर धुरीलाई १ बोरा चामल, ५ किलो दाल, २ किलो सोयाविन, २ किलो नुन र २ लिटर तेल सहित न्यानो ब्ल्याङ्केट बितरण गरिएको छ भने ४०० बालबालिकालाई न्यानो कपडा सहित जुत्ता वितरण गरिएको छ।

उक्त सहयोगले भुकम्पको कारण पुषको ठन्डीकाबिच कष्टपुर्ण जिवन बिताईरहेका केही भुकम्पपिडितलाई राहत प्रदान गरेको छ । गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा विगत लामो समय देखि समाजसेवामा अग्रसर रहदै आउनुभएको छ भने मानवसेवा आश्रमले मानविय सेवा नै धर्म हो भन्ने सत्यलाई स्थापित गरेको छ ।