फैसला खारेजीका लागि इमरान खान सर्वोच्च अदालतमा

११ पुष २०८०

११ पुष, स्वच्छखबर, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सर्वोच्च अदालत पुगेका छन् । तोशखाना मुद्दामा सजाय काटिरहेको खान तल्ला अदालतको फैसला खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

उनलाई तल्लो अदालतबाट तीन वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ । उनलाई तल्लो अदालतका न्यायाधीशहरुले तोशखाना मुद्दामा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेका थिए ।अदालतले खानलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरेको छ ।

अदालतको यो निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका छन् । खानको कानुनी टोलीले डिसेम्बर २३ मा सर्वोच्च अदालतका रजिस्ट्रारलाई पनि अपील गरेको थियो । अदालतको आदेशका कारण खानले अब चुनाव लड्न पाउँदैनन् ।