टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन

११ पुष २०८०

११ पुष, स्वच्छखबर,काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियारलाई निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रिया हाललाई यथास्थितिमा राख्दै यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्याउन समितिले अख्तियारलाई निर्देशन दिएको बताए । समितिले अनुसन्धानपछि दोषी देखिएका व्यक्तिहरुविरुद्व कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत अख्तियारलाई आग्रह गरेको छ ।