प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

१२ पुष २०८०

१२ पुष, स्वच्छखबर,काठमाडौँ ।  सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेका थिए ।

त्यस्तै बैठकले २०८०/८१ का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । उनका अनुसार प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ । त्यस्तै, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।