तरूण माध्यमिक विद्यालयमा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, काठमाडौँ ।  प्रविधि प्रयोगको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आईसिटी पत्रकार विकास मञ्चले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

बिहिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित तरूण माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि साइबर सुरक्षा सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे हाे । वडा नं. १६ सँग सहकार्य गरी संस्थाले विद्यालयका कक्षा ८ र १० का विद्यार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धि जानकारी गराईएकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै वडा सदस्य हर्क खातीेले साईबर सुरक्षा आजको आवश्यकता भएको बताउँदै सामाजिक सञ्जाल प्रयोग, डिजिटल कारोबार एवंम सेवामा विशेष सावधान अपनाउन सकेमात्रै यसबाट बच्न सकिने बताए । साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै उनले राम्रो साइबर अभ्यास सिक्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहजिकरण गर्दै नेपाल टेलिकम केन्द्रिय कार्यलय भद्रकालीका कर्मचारी अच्युत ओझाले ईन्टरनेट र साईबर अपराध सम्बन्धी जानकारी ,सामाजिक सञ्जालहरुको प्रयोग,र सुरक्षाबारे जानकारी गराउनुका साथै साईबर सुरक्षा निति, सामाजिक सञ्जाल दुरुपयोगबाट हुनसक्ने आपराधिक क्रियाकलाप, सामाजिक सञ्जालमा प्रयोग गरिएकाे आफ्नो पासवर्ड लगाएतका संबेदनशिल व्यक्तिगत जानकारीहरु कसैलाई पनि दिन नहुने तर्फ सचेत गराएका थिए ।

अहिले ईन्टरनेटको प्रयोग अपरिहार्य आवस्यकता बनिसकेको बताउँदै उनले सुचना प्रबिधिले हरेक कुरामा सहजता ल्यायपनि यसको सहि तरिकाले सदुपयोग हुन नसक्दा विभिन्न अपराधिक गतिबिधि झमेला तथा ठगीमा परिरहेकाले अपरिचित व्यक्तिहरुले पठाएका विभिन्न लिंकहरु र सामाग्रीहरु नखोल्न उनले आग्रह गर

कार्यक्रममा विद्यालयका प्रधानध्यापक बाबुराम न्यौपानेले महत्त्वपूर्ण कार्यक्रमको लागी समय दिनुहुने प्रशिक्षक, विद्यार्थी कार्यक्रमको संयोजन गर्ने संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । आफुसँग भएका मोबाईल तथा ल्यापटप लगायत विद्युतिय उपकरण र ईन्टरनेट कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यस्ता खालका कार्यक्रमले विद्यार्थीहरू ज्ञान लिन सहज हुने र लिएका ज्ञान व्यवहारमा लागू गर्न उनीहरूलाई अनुराेध समेत गरे ।

समाजसेवी एवं संस्थाका उपाध्यक्ष मायालु लामाले सामान्य हेलचेक्राई तथा अज्ञानताले हामीहरु धेरै जसो साइबर सम्बन्धी समस्यामा परेको हुँदा प्रत्येक नेपालीलाई साइबर सुरक्षाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेकाे बताईन् । सामाजिक सञ्जालको सहि प्रगोग गर्न नजान्दा आफुमात्रै नभएर घर परिवार तथा छर छिमेक समेत पिडित बन्न पुगेको उनको भनाई छ । पछिल्लो समय साईबर क्राईम बढि रहेका कारण पनि यस्ता कार्यक्रमले के गर्न हुने र के गर्दा अपराध हुने भन्ने कुरा जान्न सहज हुने भएकोले आफुहरूले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम गर्दै आएकाे उनी बताउँछीन ।

यस्तै, कार्यक्रम सञ्चालक एवं पत्रकार सावित्री बस्नेत (सबु) ले हाल बढ्दो ईन्टरनेटको प्रयोगसँगै अहिलेका युवा वर्गहरुले मोबाइल र ईन्टरनेटको फाइदा र वेफाइदा नबुझ्दा यसको दुरुपयोग बढिरहेको अवस्थामा केही भएपनि यसको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईन् ।
कार्यक्रममा सहायक प्रधानध्यापक लाल काज श्रेष्ठ,श्रषि तिमल्सीना, शिक्षक विनोद ओझा, शिक्षिका टिना शाही, पुर्व परराष्ट्र अधिकृत तथा समाजसेवी यादब कोईराला लगायतको उपस्थित रहेको थियो ।