८० हजार क्रुज पर्यटकद्वारा फिलिपिन्स भ्रमण

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, फिलिपिन्स । सन् २०२३ को हालसम्म ८० हजार भन्दा बढी क्रुज जहाज पर्यटकहरूले फिलिपिन्स भ्रमण गरेका छन् । फिलिपिन्स बन्दरगाह प्राधिकरण (पीपीए)ले बताए अनुसार थप अन्तरराष्ट्रिय क्रुज जहाजहरू कोभिड–१९ को जटिलता सहज भएपछि फिलिपिन्स भ्रमणमा यसरी ठूलै सङ्ख्यामा निस्केका हुन् ।

प्राधिकरणका महाप्रबन्धक जय स्यान्टियागोले यति ठूलो सङ्ख्यामा सामुद्रिक यात्राबाट पर्यटकहरू फेरि फिलिपिनो संस्कृतिको मजा लिन भ्रमणमा आउनु महत्वपूर्ण रहेको बताए ।

विश्व क्रुज अवार्डले फिलिपिन्सलाई सन् २०२३ मा एसियाको उत्कृष्ट क्रुज गन्तव्यको रूपमा उल्लेख गरेको छ । पर्यटन सचिव क्रिस्टिना फ्रास्कोले पुरस्कारको प्रशंसा गर्दै सम्मानलाई उल्लेखनीय उपलब्धीको रूपमा वर्णन गरेका छन् ।