बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ५४ जना पक्राउ

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरको गोली लागी सुजन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएर राउतको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो ।

त्यसक्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत जलाएका थिए । पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।