बालकुमारी घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, काठमाडौं । गृह मन्त्रालयले दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना छानबिन गर्न समिति गरेको छ । मन्त्रालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

उनीहरुलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ, केही घाइते र भने केही पक्राउ परेका छन् ।