जनयुद्ध दिवस मनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
१३ पुष २०८०
१३ पुष, स्वच्छखबर, काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै अदालतले फागुन एक गतेलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सर्वोच्चले शान्ति प्रकृयाका कार्यभार पूरा नहुदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको उल्लेख गरेको छ । गतवर्ष सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: