कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

१६ पुष २०८०, सोमबार ०८:५८

१६ पुष, स्वच्छखबर, नेपालगञ्ज  । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन।

गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएकी छन्। उनले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.