नागरिक आवाजको आयोजनामा महिला हिंसा विरुद्ध ‘आत्मरक्षा’ तालिम
१७ पुष, स्वच्छखबर, काठमाडौं । महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला बुढानिलकण्ठ नगरपालिकामा हिंसा विरुद्ध सचेतना र आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
पछिल्लो समय महिला हिंसाका घटनाहरु बढ्न थालेपछि त्यसलाई निर्मूल पार्नकै लागि नागरिक आवाज संस्थाले विभिन्न वडामा यस्ता खालका कार्यक्रमहरु गर्दै आएको छ । यसैबिच, हाल बुढानीलकण्ठ नगरपालिकाभित्रका तीनवटा वडामा संस्थाले महिला हिंसा विरुद्धमा आत्मरक्षा परामर्श तालिम सञ्चालन गरिरहेको छ । सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर दशस्थीत एक मिलनचोक पार्टी प्यालेसमा एक कार्यक्र आयोजना गरी संस्थाले टेवा परोपकारी संस्थाकोको सहयोगमा हिंसा विरुद्ध सचेतना र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्त गर्न तालिम उपयोगी हुने बताउँदै हिंसाका घटना न्यूनिकरणका लागि आत्मरक्षासम्बन्धी तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस्ताखालका तालिम सबैले लिन पर्ने भन्दै अभिभावकका हिसाबले हरेक कार्यमा आफुले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, वडाध्यक्ष नवराज भट्टराईले आत्मरक्षाको तालिमपछि महिला तथा किशोरीहरु महिला हिसांका घटनाहरु न्युनिकरण गर्न सक्षम हुने विश्वास व्यक्त गरे । हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको उनी बताउँछन् । उनी भन्छन्, “आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो । यस्तै, आफुहरुले पनि समयसमयमा यस्ता खालको कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै वडाध्यक्ष भट्टराई यसरी संघ संस्थाले कार्यक्रम गर्दा आगामी दिनमा वडासंग समन्यव गरेमा सहयोग गर्ने बताए ।
संस्थाकी अध्यक्ष रिता थापामगरले तालिमले महिला तथा किशोरीहरुलाई आत्मरक्षामा उपयोगी हुने बताउँदै तालिम पश्चात समाजमा महिला हिंसा तथा दुरव्यवहारमा कमि आउनेमा विश्वास लिईन्। साथै आफुहरुले महिला कमजोर भएकै कारण हिंसा वा बलात्कार हुन्छ भन्ने मान्यता स्थापित हुने गरी तालिम सञ्चालन नगरेको समेत उनी बताउँछिन् । कार्यक्रममा ४८ जना किशोरी तथा महिलाहरुको उपस्थिती रहेको उनले जानकारी दिए । महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष थापामगरले बताईन् । सबै उमेर समूहका सबैलाई तालिम आवश्यक रहेको र सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चल्ने भएकाले सिक्ने र सिकाउने कलाको विकास गर्न जरुरी रहेको समेत उनी बताउँछिन् ।
महिला हिंसाबारे सचेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइँएको थियो । मार्सल आर्ट गुरु सुरज सुनुवाले सहभागीलाई प्रशिक्षण दिएका थिए । तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्ने अवसर पाएको तालिममा सहभागि महिलाहरुले बताएका छन् ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई संस्थाका उपाध्यक्ष मनु मगरले स्वागत गरेकी थिईन् भने कार्यक्रम संचालन सल्लाहकार सुनिता भट्टराईले गरेकी थिईन् । कार्यक्रममा मुन्नत महिला मञ्चकी अध्यक्ष शोमा खत्री,समाजसेवी मिनि रानाभाट,चलचित्र निर्माता एवं स्वास्थ्यकर्मी सरोज शर्मा, संस्थाका प्रमुख सल्लाहकार रकिन्द्र थिङ, सल्लाहकार रति लामा,सानू गिरि,उतम दाहाल, पत्रकार एवं समाजसेवी मायालु लामा, सुनिता श्रेष्ठ खड्का, विभिन्न संघसंस्थाका पदाधिकारी, कलाकार , संस्थाका पदादिकारीहरु, स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: