इजरायली सेनाको ड्रोन आक्रमणमा हमासका उपप्रमुखको मृत्यु

१८ पुष २०८०

१८ पुष, स्वच्छखबर, हमास । इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढरहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएका हुन् ।

हमासको कार्यालयमा ड्रोन आक्रमणबाट उनको मृत्यु भएको बीबीसीले जनाएको छ । हमास अधिकारीहरू र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरूलाई मारेको बीबीसीले उल्लेख गरेको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो ।
हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ ।