सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस

१८ पुष २०८०, बुधबार १२:१८

१८ पुष, स्वच्छखबर, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकालको सिफारिस भएको छ । बुधबार बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी हाल न्याय परिषदका सचिव छन् । यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो । त्यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.