सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

१९ पुष २०८०

१९ पुष, स्वच्छखबर,  काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट बाँडफाँटमा सहमति नजुट्दा फेरि बस्ने गरी टुंगिएको हो । भोलिसम्ममा बैठक बसेर सिट बाँडफाँट टुंग्गाउने कांग्रेस प्रमुख सचेतक रमेक लेखकले जानकारी दिए ।

नेकपा एमालेले आफूलाई ६ सिट मागेपछि त्यस विषयमा बैठकमा छलफल भएको थियो । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको प्रस्तावप्रति असहमति जनाएका थिए । त्यसपछि फेरि बस्ने गरी बैठक स्थगित भएको थियो ।

यसअघि बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई राष्ट्रियसभामा शून्य नबनाउन आग्रह गरेको बताएका थिए ।