इटालियन सिरी ए मा बोलोग्ना र जेनोवा बराबरी

२१ पुष २०८०

२१ पुष, स्वच्छखबर, काठमाडौँ ।  इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवा बराबरी भएका छन् । गएराति भएको प्रतिस्पर्धामा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले गोल गरेका हुन् । खेलको २०औँ मिनेटमा जेनोवाले सुरुवाती गोल गरेको थियो भने दोस्रो हाफको इन्जुरी समयमा बोलोग्नाले गोल फर्काउँदा बराबरी भएको हो । योसँगै बोलोग्ना १९ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा तथा जेनोवा २२ अंक जोडेर १२औँ स्थानमा छन्।