बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति,दोषीलाई कारबाही र पीडित पक्षलाई रोजगारी

२२ पुष २०८०, आईतवार २१:२४

२२ पुष, स्वच्छखबर, सर्लाही । सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिनलगायतका ११ बुँदे सहमति भएको हो ।

सहमति अनुसार अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैयाको बनाउने, अस्पतालको नाम मृतकको नाममा नामाकरण गरिने भएको छ । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.