भुक्तानी बिना काटिएका उद्योगको लाइन यथास्थितिमै पुनः जडानको आदेश गर्न अस्वीकार

२२ पुष २०८०, आईतवार २१:३०

२२ पुष, स्वच्छखबर, सुनसरी । जिल्ला अदालत सुनसरीले विद्युत् लाइन काटिएको रिलायन्स स्पिनिङ मिल्समा यथास्थितिमै पुनः विद्युत जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश टेकबहादुर कार्कीको इजलासले अन्तरकालिन आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले बक्यौता रहेका उद्योगलाई ६० किस्तामा भुक्तानीको सुविधा दिने निर्णय विद्युत् प्राधिकरणले गरेकाले लाइन काटिसकेको अवस्थामा यथास्थितिमै पुनः जडानको आदेश जारी गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.