विजुलीको बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह

२४ पुष २०८०

२४ पुष, स्वच्छखबर, काठमाडौँ ।   नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बिजुलीको बक्यौता रकम बुझाउने सुविधा लिने भए ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी प्राधिकरणले बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी आवेदन दिन आग्रह गरेको हो ।

प्राधिकरणको सञ्चालक समितिको यही पुस १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने छ ।