सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना

२५ पुष २०८०

२५ पुष, स्वच्छखबर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो । करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो ।

यसअघि अदातले पीडितलाई बालिग ठहर गरेको थियो। गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने आदेश भएको हो । पुस १३ गते इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो।

सजाय निर्धारणका लागि आज इजलास बसेको थियो । लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो।

पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार ग