मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

२६ पुष २०८०

२६ पुष, स्वच्छखबर,कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी श्रीमानश्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए । बुधबार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटरबोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। उनीहरुको शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन्।