नेप्सेमा उच्च अंकको बृद्धि, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’
२९ पुष २०८०
२९ पुष, स्वच्छखबर, काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । आइतबार नेप्से ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ ।
आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
Post Views: 22
प्रतिक्रिया दिनुहोस्: