रवि लामिछानेविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी दर्ता

९ माघ २०८०, मंगलवार १६:४२

९ माघ , स्वच्छखबर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमै उजुरी परेको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले संसदको राज्यव्यवस्था समितिमा उजुरी दिएका हुन् । त्यस्तै उनले सभामुख देवराज घिमिरेलाई पनि लामिछानेविरुद्ध उजुरी दिएका छन् । उजुरीमा सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् ।

 

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.