श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको भोली उद्धघाटन हुदैँ

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर, दाङ ।  मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्धघाटन माघ १३ गते अर्थात शनिबार हुदँैछ ।

माघ १३ गते बिहान ११ बजेदेखि शोभा कलश यात्रा शुरु हुनेछ । शोभा यात्रामा बिभिन्न भेषभुषा र संस्कृति झल्कने खालका प्रदशनी हुनेछ । भागवत भास्कर श्रद्धेय गुरु कमलनयन गौतम ज्युको मुखारविन्दबाट श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचन हुनेछ भने महायज्ञमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुद्धारा अभिनय, झाँकी लगायतका विभिन्न प्रर्दशनी हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्थित कालिकामालिका मन्दिर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । महायज्ञबाट ५ करोड रकम संकलन गर्ने आयोजकको लक्ष्य छ । १५ करोडको लागत अनुमान गरिएको उक्त भवन आगामी २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने आश्रमको लक्ष्य समेत रहेको छ । यसो त, यसो त, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिल्यान्यास भईसकेको छ ।

घरपरिवारविहिन भई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जिवन विताउन विवश सहयोगापेक्षी मानवहरुको संरक्षण र व्यबस्थापनलाई थप प्रभावकारी बनाउन भवन निर्माण हुन गहिरहेको हो । हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ । वि.सं २०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा हाल महिला र पुरुष गरी ७१ जना आश्रमको संरक्षणमा हुनुहुन्छ ।