स्पेनिस लिग ला लिगामा म्याड्रिड विजयी, बार्सिलोना पराजित

१४ माघ २०८०

१४ माघ , स्वच्छखबर,  काठमाडौँ । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी हुँदा बार्सिलिना पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लास पाल्मसलाई २-१ गोलले हराएको हो ।

म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर र अरेलिन चुआमिनीले समान एक-एक गोल गरे । जितसँगै  म्याड्रिड २१ खेलबाट ५६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३१ अंक जोडेको लास पाल्मस नवौं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको खेलमा बार्सिलोना भिल्लारियलसँग ५-३ गोलले पराजित भएको हो । भिल्लारियलको लागि जेराड मोरेनो, इलाइस एखोमाच, गोन्सालो गुडेज, एलेक्सान्डर सोर्लोथ र जोसे लुइस मोरालेसले समान एक-एक गोल गरे । बार्सिलोनाको लागि इल्काइ गुन्डोगान र पेड्रीले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको हो ।

जितसँगै भिल्लारियल २२ खेलबाट २३ अंक जोड्दै लिगको १४ औं स्थानमा उक्लिदा समान खेलबाट ४४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।