अस्ट्रेलिया एएफसी एसिया कपको क्वाटरफाइनलमा

१५ माघ २०८०

१५ माघ , स्वच्छखबर,  काठमाडौँ ।  एएफसी एसिया कप फुटबलमा अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा इन्डोनेशियालाई ४– ० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलियाले साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । अष्ट्रेलियाले अग्रता भने आत्मघाती गोलबाट लिएको हो । इन्डोनेशियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले १२ औं मिनेटमा अग्रता लियो । ४५ औं मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २–० को अग्रता दिलाए ।

८९ औं मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३–० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४–० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।