नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छः प्रधानमन्त्री

१५ माघ २०८०

१५ माघ , स्वच्छखबर,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि पहलकदमी लिन आग्रह गरेका छन् । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली प्रदेश जडीबुटीको महत्वपूर्ण श्रोत भएकाले औषधि उत्पादनका लागि पहल लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत प्रतिष्ठानले पहल लिनुपर्दछ ।’

उनले नेपाललाई उच्च शिक्षाको हब बनाउने आफ्नो प्रष्ट मान्यता रहेको बताए । उनले भने,’नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’