नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

२१ माघ २०८०

२०, माघ, स्वच्छखवर, काठमाडौँ ।  सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट बनाएर नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मानाटोलका राजकुमार महर्जनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।

उनले एक नाबालिकाको नाम र तस्विर राखेर फेक फेसबुक एकाउन्ट बनाई सामाजिक सञ्जालमा रहेका साथीहरूलाई सोही एकाउन्टको म्यासेन्जरबाट अश्लील म्यासेजहरु पठाउने गरेका थिए ।

उनको त्यस्तो कार्यले नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकोले पीडित नाबालिकाका आफन्तले दिएको जाहेरीका आधारमा महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।