प्रतिनिधिसभामा सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने

२२ माघ २०८०, सोमबार १६:०९

२२ माघ, स्वच्छखवर, काठमाडौँ । संसदमा अबदेखि उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको बताए । उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले भने,‘माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’ परामर्श समितिको बैठकमा कानुन मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको जानकारी दिए।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.