ललितपुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

२५ माघ २०८०

२५ माघ, स्वच्छखवर, काठमाडौँ । ललितपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गरी लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको छ ।

महानगरले ‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।