सुस्तामा राति घरमा सुतिरहेका हजुरबुवा र नातिको हत्या
१ फाल्गुन २०८०
१ फाल्गुन, स्वच्छखवर, नवलपरासी । नवलपरासीको सुस्तामा हजुरबा र नातिको हत्या भएको छ । सुस्ता गाउँपालिका– ३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरण चमारको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान उनीहरुको शव घरदेखि झण्डै पाँचसय मिटर दक्षिणमा रहेको खेतको छाप्रोमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
बाली रुँघ्न बनाइएको छाप्रोमा हजुरबा र नातिको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो । प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
Post Views: 12
प्रतिक्रिया दिनुहोस्: