सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोज्ने खतरनाक प्रवृत्ति होः अर्थमन्त्री महत

५ फाल्गुन २०८०

५ फाल्गुन, स्वच्छखवर, काठमाडौं ।अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।

शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागी भएका उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए ।

अहिले केही प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनले बताए ।
उनले भने, ‘लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ ।’

अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने बताए ।