आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न नेता, कार्यकर्तालाई देउवाकाे निर्देशन

१९ चैत्र २०८०

१९ चैत्र, स्वच्छखबर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेबी सिंह फाउण्डेशनद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले त्यसका लागि महिला नेतृहरुले पनि प्रभावकारी भूमिका निभाउन आग्रह गरे ।

सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान उत्कृष्ट दस्तावेजको रुपमा रहेको बताए ।