संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन सकेन : महामन्त्री थापा

२४ चैत्र २०८०

२४ चैत्र, स्वच्छखबर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनसो गरे ।

उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ ।

उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरुले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’