इरान र इजरायललाई वार्तामार्फत समस्याको समाधान खोज्न नेपालको आग्रह

२ बैशाख २०८१

२ बैशाख , स्वच्छखबर, काठमाडौं । नेपालले इरान र इजरायललाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुबै देशलाई अधितकतम संयम हुँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरेको हो ।

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताको वृद्धिप्रति हामी गम्भीर रूपमा चिन्तित छौं। नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्दछ र बल प्रयोगको निन्दा गर्दछ। सम्वन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान गर्दछौं।’

इरानले गएराति इजरायलमा दुईसय बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।