समस्याग्रस्त सहकारी संस्थाकाे समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

२१ बैशाख २०८१

२१ बैशाख, स्वच्छखवर, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो ।

बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।