चट्याङ लागेर भारतमा १२ जनाको मृत्यु

४ जेष्ठ २०८१

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।

अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ ।