सुनकाे मूल्य ताेलाकाे १ लाख ४० हजार ९०० रुपैयाँ पुग्याे

६ जेष्ठ २०८१

नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।

यस्तै तेजावी सुन तोलामा तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।