रोनाल्डोको कप्तानीमा युईएफए युरोकप खेल्ने पोर्चुगिज टोलीको घोषणा

९ जेष्ठ २०८१

सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युईएफए युरोकप खेल्ने पोर्चुगिज टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक रोबेर्टो मार्टिनेजले रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

सन् २०२२ को विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले सन्यास लिने चर्चा चलेको थियो । तर मार्टिनेजको टोलीमा लगातार समेटिएपछि उनी अझै केहि वर्ष अन्तराष्ट्रिय फुटबलमा देखिने सम्भावना रहेको छ ।

रोनाल्डो युरोकप इतिहासको सर्वाधिक गोलकर्तापनि हुन् । उनले प्रतियोगितामा १४ गोल गरिसकेका छन् । पोर्चुगल छनोटको सबै १० खेलमा सतप्रतिशत जित निकाल्दै युरोकपमा छनोट भएको थियो । युरोकपमा पोर्चगल समूह ‘एफ’मा रहेको छ । पोर्चुगलको समूहमा चेक रिपब्लिक, टर्की र जोर्जिया रहेका छन् ।