दुई सय ९० जना संदिग्ध व्यक्ति घोटालाको आरोपमा पक्राउ

१२ जेष्ठ २०८१

सिङ्गापुर प्रहरीले मे १० देखि मे २३ सम्म दुई सय ९० जना संदिग्ध व्यक्तिलाई घोटालाको आरोपमा पक्राउ गरेको छ ।

संदिग्धहरू जागिर घोटाला, लगानी घोटाला, फिसिङ घोटाला, ई–कमर्स घोटाला, इन्टरनेट प्रेम घोटाला र सरकारी अधिकारीको प्रतिरूपण घोटालाहरूसहित एक हजारभन्दा बढी मुद्दामा संलग्न थिए ।

पीडितहरूले ५० लाख सिङ्गापुर डलर (३७ लाख अमेरिकी डलर) गुमाएको प्रहरीले जनाएको छ । संदिग्धहरू ठगी, मनी लन्ड्रिङ, इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्न अनुसन्धानमा थिए ।