गाजा सहर रफाहमा आक्रमण रोक्न इजरायललाई आइसिजेको आदेश

१२ जेष्ठ २०८१

दक्षिण अफ्रिकाले शुक्रबार अन्तर्राष्ट्रिय अदालत (आइसिजे) बाट इजराइललाई गाजा सहर रफाहमा आफ्नो आक्रमण रोक्न दिएको आदेशको स्वागत गरेको छ । साथै उसले संयुक्त राष्ट्रसङ्घका सदस्य मुलुकहरूलाई यसको समर्थन गर्न आग्रह गरेको छ ।

“मलाई विश्वास छ कि शब्दका हिसाबले, अस्थायी उपायका सन्दर्भमा यो अत्यन्त बलियो छ, समाप्तिका लागि यो एकदम स्पष्ट आह्वान हो”, विदेशमन्त्री नलेदी पन्डोरले भने ।

हमास लडाकूद्वारा इजराइलमा अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा इजराइलले गरेको सैन्य कारबाही ‘नरसंहार’ समान भएको आरोप लगाउँदै दक्षिण अफ्रिकाले आइसिजेमा मुद्दा ल्याएको छ ।

अदालतले उक्त मुद्दामा विचार गरिरहेको छ तर अन्तरिममा उसले इजराइललाई हमासविरुद्धको अभियानमा नरसंहारका कार्यहरू रोक्नका लागि सक्दो गर्न आदेश दिँदै ‘प्रारम्भिक उपायहरू’ ल्याएको छ ।

इजराइलले तैपनि विशेषगरी शरणार्थीहरूले भरिएको रफाह सहरमा आक्रमण गरेर आफ्नो अभियान जारी राखेको छ र दक्षिण अफ्रिकाले थप अन्तरिम आदेशहरूमा शुक्रबारको आदेशका लागि अनुरोध गरेको छ ।

अदालतले आफ्नो कुरामा ध्यान दिएको भन्दै पन्डोरले दक्षिण अफ्रिका ‘वास्तवमा खुसी’ भएको बताए । उनले आफ्नो मुद्दा ‘नरसंहार भइरहेको छ भन्ने कुरा दिनप्रतिदिन बलियो भइरहेको’ तर्क गरे ।

तर उनले यो संयुक्त राष्ट्रसङ्घका सदस्यहरू र सुरक्षा परिषद्का लागि कदम चाल्ने र अन्तर्राष्ट्रिय कानून लागु गर्ने समय भएको तर्क गर्दै इजराइलले उक्त आदेशलाई ध्यान नदिने सम्भावना रहेको चेतावनी दिए ।