कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक

१५ जेष्ठ २०८१

काठमाडौँ । कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेत्री गौरी मल्ल, अभिनेता विजय बराल, हाँस्य कलाकार हिमेश पन्त, पवन खतिवडा, मोडल पबित्रा शाकी (मिस पबि)लगायत देख्न सकिन्छ । कमेडी दरबारमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा छिन्।

त्यसमा अन्य कलाकार अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, हाँस्य कलाकार उत्सव सापकोटा, सुन्दर खनाललगायतको प्रस्तुति रहनेछ । ‘कमेडी दरबार’ आगामी असार १४ देखि प्रसारण हुनेछ । यसको निर्देशन कमेडियन विक्की अग्रवाल र उनकी पत्नी श्रद्धा प्रसाईंले गरेका छन्।