सन्दीपलाई विश्व कप खेल्न जान अमेरिकीले भिसा नदिएको भन्दै समर्थकहरुद्वारा विरोध प्रदर्शन
१६ जेष्ठ २०८१
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दूतावासलाई दवाव दिन विरोध प्रदर्शन गरेका हुन् ।
लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो ।
उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए ।
सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: