डा.धर्मेन्द्र कुमार शाहकाे नयाँ गीत`जाँदैछु प्रिय´ सार्वजनिक हुँदै

१९ जेष्ठ २०८१

काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा अर्काे नयाँ गीत आउने भएको  छ । गायक मेघराज चाैहानकाे सुमधुर आवाजमा जाँदैछु प्रिय बाेलकाे गीत छिट्टै नै सार्वजनिक गर्ने तयारी रहेकाे छ । उक्त गीतमा शब्द रचना डा. शाहकै रहेकाे छ भने संगीत संयोजन तारेम्पा ह्याङले गरेका छन् ।

गीतमा एरेञ्ज सागर संसार राई, निर्देशन पुजा ठकुरी, छायांकन सुनिल भण्डारी ,सम्पादन तथा कलर विनाेद बम र पाेष्ट प्रडक्सन साङ्ग्रिला क्रियसनले गरेको छ।

नेपालीहरुलाइ आमाको गर्व मै ग्यास्टिक, जन्मेर ठूलो भएसी हरियो पासपोर्ट र अर्काको देशमा विदेशिनु बाध्यता यो चलेको चलन नै भईसकेकाे छ । सोही अनुरुप गीतमा श्रीमान र श्रीमती टाडा रहँदाको पिडा देखाउन खोजीएको छ । परिवारबाट टाढा भएर परदेश जानेहरूका लागि त्यसै पनि पीडा छ । त्यसलाई परिवारका सदस्यले नबुझेको मानसिकतालाई गीतमा उतार्न खाेजिएकाे छ ।

स्टुडियो माहाेलमा रेकर्डिङ गरिएको गीत डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको छ ।