महाभारत गाउँपालिका `पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका´ घोषणा
काभ्रे जिल्लाकाे डाँडापारी महाभारत गाउँपालिकालाई पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका घोषणा गरिएको छ । सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पु¥याउन सफल महाभारत गाउँपालिकालाई पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका गरिएको हो ।
महाभारतमा २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघि नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनको सम्पर्कमा नरहेका महाभारत गाउँपालिकाले पालिका भित्रका सबै घर सबै टोल र गाउँगाउँमा बिजुली पुर्याउन सफल भएको हो । आज (विहिबार) एक कार्यक्रमका विच महाभारत गाउँपालिकालाई पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका घोषणा गरियो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा उर्जा मन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पुर्व उर्जारज्य मन्त्री तथा संविधान सभा सदस्य सुर्यमान दोङ, पुर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, खानीखोल गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ स्थानीय जनप्रतिनिधि लगायत आयोजना प्रमुखको विषेश उपस्थितिमा पुर्ण केन्द्रीय विद्युतिकरण गाउँपालिका घोषणा गरिएको हो ।
नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गाउँपालिका कुनै पनि विपन्न नागाकि छ भने प्राधिकरण निःशुल्क मिटर बक्स वितरण गर्ने बताए । उनले अहिले नेपालमा बढीको विद्युत नेपालबाट भारत लगायत बंगलदेशमा बेच्न्ो अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।
पुर्व उर्जारज्य मन्त्री तथा संविधान सभा सदस्य सुर्यमान दोङले बागमती प्रदेशको ३ जिल्लामा निर्माण हुदै गरेको ६३ मेघावाटको कोखाजोर जलाशयुक्त जलविद्युतको कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । सबै दोङले महाभारतको सबै बिकास निर्मार्णको काममा आफ्नो साथ सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा बोल्नु हुन्दै प्रमु्ख अतिथि उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिका आज देखि पुर्ण रुपमा केन्द्रीय विद्युतिकरण भएको घोषणा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्: