‘राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं’ : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवदेनबारे कुरा नउठाएको बताएकी छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री राणाले ईपीजी प्रतिवेदनबारे दुबै तर्फबाट कुरा नभएको बताएकी हुन् ।
उनले समय आएपछि दुबै देशले बनाएको प्रतिवेदन बुझ्ने काम हुने बताइन् । उनले भनिन्, ‘ईपीजीको प्रतिवेदनकाबारेमा भारत भ्रमणमा हामीले पनि कुरा उठाएनौं र उताबाट पनि उठेन । उचित समयमा प्रतिवेदनमा आवश्यक कारबाही हुने कुरामा आशावादी छौं ।’
उनले आफनो भ्रमणको बेला पञ्चेश्वरबारे कुरा भएको बताइन् । परराष्ट्रमन्त्री राणाले राजदूत सिफारिस समावेशी नभएकोमा भने माफी मागेकी छन ।
उनले भनिन्,’राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं। यसपटक समावेशी भएन, आई एम सरी।’

प्रतिक्रिया दिनुहोस्: